भागरथी हत्याका आरोपी सार्वजनिक

असल शासन प्रतिनिधि

बैतडी/ भगीरथी हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लास्थित दोगडाकेदार गाउँपालिका– ७ की  १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

हत्या अभियोगमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उद्देश्यले कुरेर बसेको देखिएको बताए । सुवेदीले भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको बताए ।

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech