गुल्मीमा जीप दुर्घटना, ३ को मृत्यु ६ घाइते

असल शासन प्रतिनिधि

गुल्मी–  जीप दुर्घटना हुँदा ३ को मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । तम्घासदेखि पराल्मीतर्फ जाँदै गरेको लु१ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका–१४ स्थित ठूलो पधेँरामा सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा २७ वर्षीया गोमा नेपाली,  २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेल रहेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलका अनुसार दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जीपमा सवार ११ जनामध्ये २ जना सामान्य रहेको बताउँदै प्रदेश ट्राफिक कार्यालय प्रमुख डम्मरबहादुर बिकले घाइते  ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको पाल्पामा उपचार भइरहेको जानकारी दिएका छन् ।

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech