हेमराज प्रहरी नियन्त्रणमा

असल शासन प्रतिनिधि

दाङ– परीक्षामा नम्बर कम ल्याएको भन्दै विद्यार्थीलाई निर्घात कुट्ने एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झण्डै दुई हप्ताअघि शिक्षक हेमराज विकले गणित विषयमा शून्य र एक नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो ।

हेमराज दाङको देउखुरीस्थित राजपुर गाउँपालिका ७ मा रहेको माध्यमिक विद्यालय सिक्टाका शिक्षक हुन् । शिक्षक विकलाई पक्राउ गरेर बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिएका छन् ।

विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech