भागरथीको शव बुझ्न अस्वीकार

असल शासन प्रतिनिधि

बैतडी / बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडा केदार ७ की किशोरी भागरथी भट्टको शव आफन्तले नबुझ्ने बताएका छन् ।
प्रहरीले लामो अनुसन्धान पछि सोही ठाँउका स्थानीय सनातन धर्म माबिमा कक्षा ११ मा अध्ययनरत अन्दाजी १८ बर्षिया किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको भएपनि उक्त अनुसन्धान पूर्ण नभएको भन्दै शव नबुझ्ने अडान पिडित पक्षको छ । प्रहरीले अपराधि भनेर सार्वजनिक गरेका दिनेशले हत्या गरेको भनेपनि भागरथीको बलात्कार गर्ने ब्यक्तिको पहिचान नगरेसम्म शव नउठाउने उनीहरुको माग रहेको छ । भागरथीको परिक्षण रिपोर्टमा उनको बलात्कार पछि हत्या भएको देखाएको छ । रिपोर्टको आधारमा भागरथीको बलात्कारीको खोजीगरी सार्वजनिक नगर्दा सम्म शव नबुझ्ने आफन्तको भनाईछ ।
घट्नाका बिषयमा बुधबार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलन औपचारीकता भएको आरोप लागेकोछ । कुनै ठोस प्रमाण र अभियुक्त पक्राउ नगरिकन एक जना आरोपी मात्रै खडा गर्नु ले घट्ना थप रहस्यमय बनाएको श्रोत बताउछ । प्रहरीले शुक्ष्म अनुसन्धान गरि यथासक्य घट्नाको सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा सबैको जोड रहेको छ ।
स्मरण रहोस आज दिउसो प्रहरीले गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारले सार्वजनिक गरिएको आरोपी प्रमाणीत गर्ने विश्वसनिय प्रमाण के हुन भनी पटक पटक प्रश्न उठाएका थिए जसको जवाफमा प्रहरीले टालटुले जवाफ फर्काएको थियो ।
विद्यालयबाट गत माघ २१ गते घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जङ्गलमा उनको शव फेला परेको थियो ।

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech