सरकारलाई झकझक्याउन नेपालगन्जमा विरोध प्रदर्शन

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जमा विद्यार्थीहरुको संलग्नतामा विरोध प्रदर्शन गरिएको छ । अखिल क्रान्तिकारी भेरी कर्णाली समितिको आयोजनामा बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई सजाय गराउन विरोध प्रदर्शन गरिएको हो ।

बिहान साढे ९ बजेतिर बीपी चोकबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली गणेशमान चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्नेहरुले निर्मला पन्त,भागरथी भट्ट र सम्झाना कामीका हत्यारालाई हदैसम्मको सजाय दिनुपर्ने माग गरेका छन् ।

विरोध प्रदर्शन कार्यक्रममा विद्यार्थीहरु कलेजको पोषाकमैं सहभागि भएका थिए । मोटरसाइकलमा हेल्मेट नलगाएका र ठूला आवाज निकालिरहेको दृश्यले विरोध कार्यक्रमले अराजकता निम्त्याउने हो कि भन्ने भय सृजना भएको छ ।

यसैबीच स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा पनि नेपागन्जमा विद्यार्थीहरुको संलग्नतमा विरोध र्‍याली निकालिएको छ । एम.पी स्कुलबाट सुरु भएको र्‍याली भेरी अञ्चल अस्पताल,विपी चोक,गणेशमान चोक हुँदै मंगल प्रसाद माध्यमिक विद्यालय (एमपी) स्कुलमा पुगेर समापन भएको छ । पछिल्लो केही दिन यता बढ्दो आपराधिक घटनाविरुद्ध विरोध प्रदर्शन बाँकेसहित देशभर भइरहेका छन् ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech