मुल ढोकाको ताला १२ दिन पछि खुल्यो

असल शासन प्रतिनिधि

कैलाली / परिक्षा केन्द्र सारेको भन्दै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा लगाएको ताला खोलिएको छ ।
कैलालीको अत्तरियामा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु फागुन देखि शुरु हुने स्नातक तह तेस्रो बर्षको परिक्षा केन्द्र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा सारेपछि बिरोधमा उत्रीएका थिए ।
आफ्नै क्याम्पसमा केन्द्र कायम हुनुपर्ने माग सहित माघ २५ गते बिदार्थीले परीक्षा नियन्त्रण कार्यालयको मुल ढोकामा तालाबन्दी गरेका थिए । तालाबन्दि गरिएको झण्डै १२ दिन पछि कार्यालय र आन्दोलनरत बिद्यार्थीहरु बिच परिक्षा केन्द्र यथावत गर्ने सहमति भएपछि ताला खोलीएको बताईएको छ । केन्द्र सार्दा टाढा पर्ने भएकाले समस्या पर्ने भन्दै बिद्यार्थीहरुले आन्दोलन गर्दै आएका थिए ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech