नरैनापुरमा सामुदायिक अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नरैनापुर गाउँपालिकामा जनगुनासो निवारण विषयक सामुदाय स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बासले नरैनापुर गाउँपालिकामा सञ्चालन गरेको नागरिक सहायता कक्ष अन्र्तगत सो अन्तरक्रिया सम्पन्न भएको हो ।
नागरिकहरुलाई नागरिक सहायता कक्षबाट प्रवाह गरिने सेवाहरुवको बारेमा नागरिकहरुलाई जानकारी गराउने र स्थानीय नागरिकहरुका गुनासोहरु संकलन गर्ने उद्देश्यले गाउँपालिकाका बिभिन्न टोलमा अन्तरक्रिया सम्पन्न भएको हो । फागुन ४ गते वडा नं. १ र २ मा फागुन ५ गते वडा नं. ४ र र फागुन ६ गते वडा नं. ५ र ६ का बिभिन्न टोलहरुमा सो अन्तरक्रिया सम्पन्न गरिएको हो ।


फागुन ५ गते नरैनापुर गाउँपालिका वडा नं. ३ को बालापुरमा आयोजना गरिएको अन्तरक्रियामा बोल्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सबै भन्दा पहिला टोल बासीहरु एकजुट हुनु पर्ने र सबैको सामुहिक आवाज हुनु पर्ने बताउँदै सामुहिक रुपमा आएको मागलाई गाउँपालिकाले सहज रुपमा सम्बोधन गर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले गाउँपालिकामा अशिक्षाको समस्या रहेकोले गाउँपालिकाबाट सेवा लिन गठिन भएको र त्यसैको सहजताको लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताए । प्रत्येक वडाको २ ओटा स्थानमा आयोजना गरिएको अन्तरक्रियामा ९०० भन्दा बढि स्थानियको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा बासका निवर्तमान अध्यक्ष मन भण्डारी, सहजकर्ता शोभा थापा मगर, सि.फ.ए. लोक बहादुर घर्ति, गाउँपालिकाका लेखपाल प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बासका नागरिक सहायता कक्ष संयोजक रबिन्द्र बोहरा रसहजकर्ता इब्राहिम खाँले गरेका थिए ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech