अन्तर्राष्ट्रिय नारी दिवसको तयारी नेपालगन्जमा सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज /  यस वर्षको अन्तर्राष्ट्रिय नारी  दिवस भब्यताका साथ मनाउने नेपालगन्जमा तयारी सुरु गरिएको छ ।  बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको संयोजकत्वमा सरोकारवाहरुको संयुक्त बैठक बसेर  नारी दिवस भब्य बनाउन छलफल  गरिएको हो ।

बैठकले दिवसलाई भब्य रुपमा मनाउन कार्यदल समेत गठन गरेको छ । दिवसमा धेरै भन्दा धेरैको सहभागिताका लागि गठित कार्यदलले कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको छ ।

साना हातहरु नेपालकी अम्बिका पुनको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा गीता आचार्य, निर्मला पौडेल, पुष्पा सुनार, सुनिता सारु, सरस्वती शर्मा र महिला शाखाका कर्मचारी रहेका छन  ।

बैठकलाई सम्बोधन गर्दै उपमेयर थापाले पछाडी परेका समुदायका महिला, किशोरी वर्गलाई समाजमा अगाडी ल्याउनुपर्ने बताईन । उनले बाल विवाह, बिचमै बिद्यालय छाड्ने कार्यहरुलाईलाई दिवसले प्रभावित बनाउन आवश्यक रहेकोमा जोड दिईन । साथै उनले दिवसको अवसरमा गरिने कार्यक्रमहरु मार्फत दिवस लक्षित समुदायको सचेतनाका लागि सबै संघ संस्थाहरुले सहयोग गर्ने अनुरोध समेत गरीन ।

बैठकले दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता,  व्यानर प्रदर्शन, महिला तथा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम र महिला फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।प्रत्येक वर्ष  मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय  नारी दिवस  मनाउने गरिन्छ ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech