नेपालगन्ज फोटो फेस्टिवल फागुन १८ बाट हुने

असल शासन प्रतिनिधि

नेपालगन्ज / दोस्रो नेपालगन्ज फोटो फेस्टिवल फागुन १८ गतेबाट हुने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा यस अघि शुक्रबारदेखी हुने भनिएको उक्त फेस्टिबल प्राविधिक कारणले यही फागुन १८ र १९ गते गर्ने आयोजक अन्तरालले जनाएकोछ ।
फेस्टिवललाई अझै भव्यता दिनेगरी तयारी भैरहेको जनाउदै अन्तरालका अधिकृत गणेश राईले जनाए । फोेटो प्रतिस्पर्धाका लागि ६ विधाहरुमा पठाउन सकिनेछ अन्तरालले जनाएको छ। फेस्टिवलमा समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद र नेपाल स्माइल(जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ भने फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन  ।
नेपालगन्जसँगै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनीमा राखिनेमा अन्तरालका अधिकृत राईले बताए । फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिनेछ । नेपालका वरिष्ठ फोटो पत्रकारले उक्त कार्यशाला सहजिकरण गर्नेछन् ।
यसैगरी फेस्टिवलका अवसरमा प्रतिस्पर्धामा छनोटमा भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीबिच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ ।
फेस्टिवलमा फोटो पठाउन छुटेका व्यक्तिहरुको लागि फागुन १५ गतेसम्म समय थप गरिएको छ । फेस्टिवलको प्रतिस्पर्धाबाट छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनमा राखिनेछ ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech