बर्दियामा ट्रिपरको ठक्करले मोटरसाइकल चालकको ज्यान गयो

साबित्री गिरी

बर्दिया/ बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ स्थित शाहिपुरमा ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रबार राति करिब ८ बजेतिर भे१क १४८८ नम्बरको ट्रिपरले भे१०प २६४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवराज बुढाथोकीको ज्यान गएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ निवासी नवराज बुढाथोकीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बुढाथोकी चारबाहिनी नेपालगन्जमा नेपाली सेनामा कार्यरत थिए ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech