बालमैत्री शासन सम्बन्धी तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज– बालबालिकालाई बाल अधिकार तथा बालमैत्री शासन सम्बन्धी तालिम दिइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ र इन्प्रोकको आयोजना दुई दिने तालिम दिइएको हो ।

तालिममा ७० जना बालबालिकाको सहभागिता रहेको थियो । उक्त तालिमको शनिबार एक कार्यक्रमबीच समापन गरिएको छ । वडा स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष आशिका खड्काको अध्यक्षतामा सम्पन्न भएको तालिममा बोल्ने वक्ताले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए । राजेन्द्र बिष्ट र स्वेता गुरुङ्गले सहजीकरण गरेको तालिम समापनमा वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी, वडा सदस्य दिनेश पन्त, गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहलगायतले बोलेका थिए भने कार्यक्रम सञ्चालन राजेन्द्र बिष्टले गरेका थिए ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech