फुल्टेक्रामा दुर्घटना, एकको मृत्यु, दुई गम्भीर

लोक बहादुर घर्ती

 नेपालगन्ज /नेपालन्जको फुल्टेक्रामा भएका सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

फुल्टेक्राबाट नहरपूर्वा गईरहेको भे ९ प ७९९४ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ ।
मोटरसाइकल अगाडि आएको बाख्रालाई बचाउन खोज्दा साइकललाई ठक्कर दिएको अस्थायी ट्राफिक कार्यालय फुल्टेक्राका दमन सिंहले बताए ।

दुर्घटनामा परी मृत्यु हुने साइकल सवारको पहिचान खुल्न सकेको छैन भने मोटरसाइकल चालक नेपालगन्ज १९ का तिलक बर्मासहित बावुलाल बर्मा घाइते भएका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी शनिबार साँझ साढे ७ बजे कम्दीबाट नेपालगन्ज आउँदै गरेको भे १० प ८०५१ नम्बरको मोटरसाइकल नहरपूर्वा नजिकै दुर्घटना हुँदा मोटरसाइकल चालक सहित दुईजना गम्भीर घाइते भएका छन् ।

प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार, तीव्र गतिमा आइरहेको मोटरसाइकल अगाडि कुकुर आएपछि अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी कुकुरको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार नेपालगन्ज ८ का २२ वर्षीय सायक अन्सारी र २४ वर्षीय सरताज शाह गम्भीर घाइते भएको अस्थायी ट्राफिक कार्यालय फुल्टेक्राका दमन सिंहले बताए ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech