बेरोजगारलाई स्वरोजगार बन्न प्रोत्साहन गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / खजुरा गाँउपालिकामा रहेका बेरोजगारलाई आत्मनिर्भर र स्वरोजगार बन्न प्रोत्साहन गर्ने प्रतिबद्धता गरिएको छ ।
बैदेशिक रोजगारबाट फर्किएका युवाहरु र सरोकारवाला बिच आज खजुरामा भएको अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता गरिएको हो ।
बैदेशिक रोजगारबाट फर्किएका युवा तथा बेरोजगार युवाहरुका बिषयमा भएको छलफल पश्चात पाँच बुदे साँझा प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरीएका प्रतिबद्धताहरुमा गाँउपालिकामा रहेका बेरोजगार यूवालाई आत्मनिर्भर र स्वरोजगार बन्न प्रोत्साहन गर्ने, बैदेशिक रोजगारबाट फर्किएका युवाहरु समुह मार्फत आएमा मागको आधारमा आवश्यक योजना तथा कार्यक्रमको पहल गर्ने, रोजगार शाखा मार्फत सञ्चालीत कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किएका युवालाई आवश्यकता अनुसार सहभागि गराउने, गाँउपालिकाको निति तथा कार्यक्रममा बेरोजगारलाई लक्षित गरी शिप मुलक कार्यक्रमलाई प्राथमिकता दिने, बैदेशिक रोजगारका बारेमा सचेतना मुलक कार्यक्रम गर्ने र बैदेशिक परामर्शका लागि गाँउपालिकामा सञ्चालीत डेस्कलाई थप ब्यवस्थित गर्ने प्रतिबद्धता गरिएको छ ।

बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको अन्तरक्रियामा स्वागत तथा उद्धेश्यमाथि प्रकाश बासका निर्देशक हेमराज भट्टले गरेका थिए । कार्यक्रममा खजुरा गाँउपालिकाका उपाध्यक्ष एकमाया बि.क., वडा नम्बर ४ का अध्यक्ष तिलकबीर सुनार, वडा नम्बर ६ का अध्यक्ष साविर जोलाह, वडा नम्बर ७ का अध्यक्ष अतिउल्ला खान, खजुरा गाँउपालिका रोजगार शाखा प्रमुख प्रतिक्षा न्यौपाने लगायत को उपस्थिती रहेको थियो । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले धन्यबाद ज्ञापन सहित समापन गरेको अन्तरक्रियामा गाँउपालिका जनप्रतिनिधि, कर्मचारी तथा बैदेशिक रोजगारबाट फर्किएका गरि ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रम एकाउन्टविलिटी ल्याब र बासद्धारा बाँकेमा सञ्चालीत सुरक्षित बैदेशिक रोजगार कार्यक्रम अन्तरगत भएको थियो ।

 

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech