नरैनापुर बन्यो पूर्ण खोप सुनिश्चितता पालिका

असल शासन प्रतिनिधि

नरैनापुर–बाँकेको नरैनापुर गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । खोप लगाउन छुटेका १६ देखि २३ महिनाका १ सय ३५ जना बालबालिकालाई खोप लगाइएपछि नरैनापुर गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेको हो ।

यसअघि फागुन ५ गते सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् । नरैनापुर गाउँपालिका पूण खोप सुनिश्चितता घोषणा भएसगैं बाँकेमा बैजनाथ गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चितता घोषणा हुन बाँकी रहेको छ ।

पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम शनिबार गाउँपालिकाकाका अध्यक्ष शाहको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । आगामी फागुन मसान्तसम्म बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य राखेको बताउँदै प्रमुख अजय कुमार श्रीवास्तवले आफूहरु लक्ष्य नजिक पुगेको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पूर्ण खोप सुनिश्चिततालाई अब दिगोपना दिनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीवास्तव, गाउँपालिकाका अध्यक्ष शाह, सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार मौर्य, स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार साह, वडा नम्बर ५ को स्वास्थ्य चौकीका प्रमुख प्रेम बुढा क्षेत्री, दीपेन्द्र प्रावि भगवानपुरका प्रधानाध्यापक दुर्गा श्रीवास्तव, युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीले आफ्ना धारणा राखेका थिए ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech