घरमै प्याड तयार गर्ने किशोरीहरुको प्रतिबद्धता

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको बढैयातालका किशोरीहरुलाई मासिक स्वच्छता र स्वास्थ्य व्यवस्थापन सम्बन्धि तालिम गरिएको छ ।
फागुन ७ र ८ गते भएको तालिममा किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सैद्धान्तिक ज्ञान प्रदान गर्नुका साथै मासिक स्वच्छता र स्वास्थ्य व्यवस्थापन का लागी पुन प्रयोग गर्न मिल्ने घरेलु वायो प्याड को तयारीका बिषयमा प्रशिक्षण गरिएको थियो भने वायो प्याड कसरी बनाउने भन्ने बिषयमा सहभागिहरु बिच अभ्यास गराईएको बिग्रुपले जनाएको छ ।
दुई दिने तालिमबाट यौन तथा प्रजनन स्वास्थ्य अधिकार र महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन सम्बन्धि ज्ञान पाएको र अब देखी घरमानै वायो प्याड तयार गर्न सकिने तालिमा सहभागी सिता थारुले बताईन् ।


बालविवाह रोकथाम परियोजना अन्तर्गत बढैयातालमा १० देखी १५ र १६ देखी २४ बर्षका किशोरीहरुको समुह गठन गरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको बिग्रुपका फिल्ड सुपरभाईजर चन्द्रा खनालले बताईन् ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँके को साझेदारीमा सञ्चालित बालविवाह रोकथाम (नोराड) परियोजना अन्तर्गत सो तालिम गरिएको हो ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech