नेपालगन्ज आउँदै गरेको ट्याक्टर दुर्घटनाग्रस्त

लोक बहादुर घर्ती

नेपालगन्ज / राप्ती नदीबाट वालुवा लिएर नेपालगन्ज आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को खल्लापुरैनी नजिक भे१च ९२१४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

राप्तीबाट नेपालगन्ज आउँदै गरेको सो ट्याक्टर सडकबाट अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राका दमन सिंहले बताए । दुर्घटनास्थलमा अचेत अवस्थामा रहेका चालकको टाउको र मुखमा गम्भीर चोट लागेको र दाहिने हाततर्फ अत्यधिक रगत बगेको प्रत्यक्षदर्शीले बताए ।

दुर्घटनामा परी ट्याक्टर चालक चेतबहादुर थारुको निधन भइसकेको स्थानीयले बताए। यद्धपि चालकको मृत्यु भएको बारेमा प्रहरीले पुष्टि गर्न भने बाँकी रहेको छ । अहिले चालकलाई एम्बुलेन्समार्फत् भेरी अस्पताल लगिएको छ । ट्याक्टरमा सवार अन्यको अवस्था सामान्य रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech