बाँकेमा यौनजन्य हिंसा भयावह

साबित्री गिरी

नेपालगन्ज/ यौनजन्य हिंसामा परेकी एक बालिका न्यायको खोजीमा विद्यालय नगएको एक महिना पुग्न लाग्यो । नेपालगन्ज जस्तो सहरमा विद्यालयबाट फर्कने समयमा झन्डै ज्यान गुमाएकी ती बालिका आफ्नो घटनाका दोषी पत्ता नलागेसम्म निर्धक्कसाथ विद्यालय जान सक्ने स्थितिमा छैनन् । उनी एक गैर सरकारी संस्थाको संरक्षणमा छिन् । अपराधीले मृत्यु भयो भनेर छाडिएकी ती बालिकाको मानसपटलमा अहिले न्याय कहिले पाउने भन्ने मात्र पिरलो छ । उनी होसमा आउँदा भेरी अस्पतालको आइसियुमा थिइन । होस खुलेपछि उनलाई थाहा भयो नयाँ जीवन पाएकी रै’छु भन्ने ।

प्रहरीका अनुसार ती बालिकालाई हिंसा गर्ने आरोप लागेका शंकास्पद भनिएका युवा फरार छन् । ती युवाको खोजी कार्यका लागि भारतसम्म पुगिसकेको बा“के प्रहरीले बताए पनि अहिलेसम्म कुनै टुङ्गो लागेको छैन । बालिकाले आफूलाई भनेको नमानेपछि घाँटी काटी दिने डर देखाएको र डरले केही भन्न नसक्दा यो अवस्था आएको बताइन् । युवाले लामो समयदेखि तनाव दिएको र आफूले वास्तै नगरी अभिभावकलाई समेत सोबारे केही जानकारी नदिएको बताएकी छिन् । जबरजस्ती डर त्रास देखाएर हत्याको प्रयास गर्ने ती युवकलाई जन्मकैदको सजाय हुनु पर्ने ती बालिकाले माग गरेकी छिन् ।

यी बालिका त एक प्रतिनिधि पात्र मात्र हुन् । जिल्ला प्रहरी कार्यालय बा“केको आर्थिक वर्ष २०७४।०७५ देखि ०७७/०७८ को तथ्याङ्क हेर्दा १ सय ७६ वटा घटना जबरजस्ती करणीका मात्र रहेका छन् । त्यस्तै बालयौन दुराचारतर्फ २९, बालविवाह गरी जबरजस्ती करणीतर्फ २, अपहरण गरी जबरजस्ती करणीतर्फ १९,जबरजस्ती ज्यान मार्ने उद्योगतर्फ १ र वैवाहिक करणीतर्फ २ घटना घटेका छन् । त्यस्तै बाँकेमा एक हप्ता अघि मात्र ३ वटा बलात्कारका घटना घटेका थिए ।

बढ्दै गएको यौनजन्य हिंसाको घटनाले समाजमा त्रास फैलिएको छ । सामाजिक सचेतनाको अभाव भनिए पनि घरभित्रै पनि बालिकाहरू सुरक्षित छैनन् भन्ने जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाउँछ । नातागोताबाटै बलात्कारको सिकार हुने र हत्या हुनेसम्मका जघन्य अपराधले समाजमा असुरक्षा बढ्दै गएको स्थानीय बताउँछन् । पीडितले लामो समयसम्म न्याय नपाउ“दा उनीहरू बयान फेर्न बाध्य हुन्छन् । अर्कोतर्फ समाजमा नै यौनजन्य हिंसाका घटना मिलाउने प्रयास हु“दा बयान फेरिने गरेको अवस्था छ । बलात्कार जस्तो जघन्य अपराधलाई गाउ“घरमा मिलाउने प्रयास गर्दा न्याय प्रक्रियामा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय बा“केका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना बताउँछन् । उनले अपराधी सिमानाकाको फाइदा उठाउँदै सहजै भारत जाने भएकोले पनि दोषी पत्ता लगाउन अप्ठेरो पर्ने गरेको बताए ।

बलात्कारपछि हत्या गरेको खण्डमा सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था मुलुकी फौजदारी संहिता २०७४ ले गरेको भएता पनि व्यवहारिक नभएको अधिवक्ता बसन्त गौतम बताउँछन् । उमेर अनुसार तोकिएको सजाय पनि कानुन सम्मत कार्यान्वयन हुन नसेको बताउँदै गौतमले १८ वर्षको बालिकालाई मञ्जुरी अनुसार करणी गरे पनि बलात्कार मानिने हु“दा यसको पनि कार्यान्वयनको पाटो केलाउनु पर्ने औँल्याए ।

बलात्कारको घटनामा सामान्य व्यक्तिले कानुनी सजाय भोगी रहेता पनि पहुँचवाला कानुनी दायरामा आउन नसकेको बालबालिकाको अधिकारका सवालमा कार्यरत संस्था सिविन नेपाल नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बताए । उनका अनुसार सन् २०२० मा सिविन नेपालगन्जमा मात्र यौनजन्य हिंसाका १३ वटा घटना दर्ता भएका छन् । उनले बलात्कार जस्ता जघन्य अपराधका घटनालाई सामाजिक सञ्जालमार्फत् तस्बिर र भिडियोको माध्यमबाट प्रदर्शन भएकोमा दुःख व्यक्त गरे । यसले पीडितको गोपनीयताको अधिकार हनन हुनुका साथै अर्को घटना निम्तन सक्ने भएकाले सचेत हुनु पर्नेमा उनले जोड दिए ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech