विद्यालयमै १० वर्षीया बालिका बलात्कृत !

असल शासन प्रतिनिधि

कैलाली/ डडेल्धुरामा १० वर्षीया बालिका विद्यालयभित्रै बलात्कार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई आइतबार पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

यसअघि कञ्चनपुरमा पनि बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका थिए । बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech