एक लाख ५० हजार रुपैयाँसहित ९ जुवाडे पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके प्रहरीले ९ जुवाडेलाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बौद्ध टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । आइतबार अन्दाजी राति साढे बाह्र बजेको समयमा भुट्टु मियाँको घरमा जुवा भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रकाउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाबाट एक लाख पचास हजार एक सय पैसठ्ठी रुपैयाँ र ६ गड्डी तास बरामद भएको छ ।

बाँके प्रहरीले चालु आर्थिक वर्षमा ३५ जुवाडेलाई पक्राउ गरिसकेको छ भने उनीहरुबाट ३४ लाख ८० हजार ६ सय १५ रुपैयाँ बरामद गरेको भने मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा १२५ बमोजिम ३ महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech