दुई थान चितुवाको छालासहित ३ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिकाका ३१ वर्षीय जित बहादुर डि.सी, सल्यान कुमाख गाउँपालिका वडा नम्बर ७ का २१ वर्षीय कमल डि.सी. र सोही स्थानका २४ वर्षीया हिमेन्द्र वली रहेका छन् ।

पक्राउ परेकाबाट दुई थान चितुवाको छाला बरामद भएको बाँके प्रहरी कार्यालयका एसपी ओमबहादुर रानाले बताए । जीतबहादुरले दुई वर्षअघि पासोमा पारेर चितुवालाई मारेका थिए । उक्त छाला नेपालगन्जमा बेच्न आउँदा उनीहरुलाई पक्राउ परेको एसपी रानाले बताए ।  जितबहादुर वन्यजन्तुका छाला /अंग खरिद बिक्री गर्ने कारोबारी रहेको र उक्त छालालाई नेपालगन्जमा ४० लाखदेखि ६० लाख रुपैयाँसम्ममा बिक्री गर्ने योजना रहेको अनुसन्धानबाट खुलेको एसपी रानाले जानकारी दिए ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech