प्रहरी निरीक्षक गौतमको बिदाइ

असल शासन प्रतिनिधि

नेपालगन्ज / जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी निरिक्षक बिश्वजित गौतमको बिदाई गरेको छ ।
प्रहरी सेवाबाट आज देखि अनिवार्य अवकाश भएका गौतमको आज एक कार्यक्रमका बिच बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले मायाको चिनो प्रदान गर्दै विदाई गरेको हो ।

बि.स. २०४८ साल कार्तिक १४ गते राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत पहरेदार पदमा सेवा प्रवेश गरेको गौतम बि.स. २०५८ पौष २५ गते प्रहरी नायव निरीक्षक पदमा स्थानान्तरण भई कार्यरत रहदै आएका थिए । गौतम प्रहरी सेवामा रहदा देश र जनता प्रति निष्ठावान तथा समर्पित रही आफ्नो जिम्मेवारी निष्पक्ष, निर्भिक एवं इमान्दारिताका साथ निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech