नेपालगन्जमा नागरिक सम्मेलन हुने

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बाँकेको नेपालगञ्जमा आउँदो चैत्र १२ गते नागरिक सम्मेलन हुने भएको छ ।
गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजनामा सो सम्मेलन हुने भएको
हो । गैर सरकारी संस्था महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा फाल्गुण १० गते नेपालगञ्जमा बसेको बैठकले सम्मेलनको मिति तय गरेको महासँघले जनाएको छ ।
सम्मेलनमा नागरिक अधिकारमा सरोकारवालाहरुको भूमिका, नागरिक समाजको सवलिकरण, मानव अधिकार, सुशासन लगायतका बिषयमा छलफल गरि बाँके घोषणा पत्र जारी गरिने महासंघका सचिब आशिष बर्माले बताए ।
सम्मेलनको तयारीका लागि महासंघका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । सम्मेलनमा नागरिक समाजका अगुवा, गैससकर्मी लगायतको सहभागिता रहने सचिब बर्माले बताए ।
यसैगरी महासंघले फाल्गुण २२ गते बर्दियाको सतखलुवा तालमा गैसस प्रतिनिधिहरु बिच मैत्रीपूर्ण बनभोज कार्यक्रम गर्ने निर्णय गरेको छ । जसका लागि महासंघका सदस्य अभिराज क्षेत्रीको संयोजकत्वमा तयारी समिति गठन गरेको छ ।
महासंघले रिक्त कोषाध्यक्ष पदमा कार्य समिति सदस्य निर्मला सुनारलाई मनोनित गरेको
छ । फाल्गुण १५ गते देखि चैत्र १५ गते सम्म संस्थागत भेटघाट कार्यक्रम गर्नका लागि जिम्मेवारी बिभाजन गरिएको बताईएको छ ।

 

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech