फरुवा प्रहार हुँदा श्रीमानको हत्या

असल शासन प्रतिनिधि

कञ्चनपुर– घरायसी विवाद हुँदा श्रीमतीले गरेको फरुवा प्रहारबाट श्रीमानको हत्या भएको छ । मंगलबार बिहान जिल्लास्थित बेलौरी नगरपालिका–६ भुरकोटकी २८ वर्षीया बसन्ती चौधरीले ३० वर्षीय श्रीमान ओमकुमार चौधरीलाई गरेको फरुवा प्रहारबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली चौधरीको घरमा पुगेको थियो । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको थियो । बसन्तीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech