कुटपिट हुँदा ७६ वर्षीय वृद्धको मृत्यु

असल शासन प्रतिनिधि

कञ्चनपुर/ घरायसी विवादका कारण एक वृद्धमाथि कुटपिट हुँदा उपचारको क्रममा मृत्यु भएको छ । घटना भीमदत्त नगरपालिका–२ को हो ।

सामान्य घरायसी विवाद हुँदा बुहारी र नातिले ७६ वर्षीय प्रेम थापामाथि कुटपिट गरेका थिए । थापाको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा मृत्यु भएको  हो ।

३८ वर्षीया मृतकको बुहारी सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापाले माघ २८ गते कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech