धमाधम कुखुरा मर्न थालेपछि किसान चिन्तित

असल शासन प्रतिनिधि

सुर्खेत/ पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका क्षेत्रमा एक सातामा सयौं कुखुरा मरेका छन् । अज्ञात रोगका कारण एक साता यता वडामा सयौ कुखुरा मरेका हुन् ।

कुखुराहरु स्वाँ-स्वाँ गर्ने, खोक्ने र सिँगान, र्‍याल आदि बगाउने, टाउको सुन्निने, सिउरको लोती नीलो रङ हुने जस्ता लक्षण देखिएको किसानले बताएका छन् । बर्ड फ्लूसँग लक्षण मिल्दोजुल्दो लक्ष्ण देखिएको २४ घण्टामै कुखुरा मर्ने गरेको कृषक कुमारी मिवारले बताइन् । मिजारका अनुसार उनले पालेको ४० बढी लोकल कुखुरा मरिसकेका छन् । छिमेकमा पनि सयौं कुखुरा मरेको र दैनिकरुपमा त्यो क्रम नरोकिएको उनले बताइन् । कृषक मानबहादुर ओलीले रोगले दर्जन बढी कुखुरा मरेको बताए । उनका अनुसार रातमा कुखुरामा बिरामीको लक्षण देखिन्छ र बिहान हेर्दा मर्छन् । पत्रकार टेकेन्द्र बस्यालले पनि रोगका कारण एकै दिनमा आफ्नो १५ वटा कुखुरा मरेको बताएका छन् ।

कुखुरामा वर्ड फ्लूको जस्तो लक्ष्ण देखिए पनि यकिनसाथ भन्न नसकिने बताएका छन् । यता वडाअध्यक्ष कर्णबहादुर मिजारले पनि वडामा लोकल कुखुरा अज्ञात बिरामीको कारण मर्न थालेको बताए । कृषकहरुले कुखुरा बिरामी भएर मर्ने गरेको सूचना दिने गरेको भए पनि वडामा पशु सम्बन्धी बजेट र कार्यक्रम नहुँदा कुनै पहल हुन नसकेको बताए । ‘ऋण लिएर व्यवसाय गरेका व्यवसायी मारमा परे पनि वडा कार्यालयले केही गर्न नसकेकोमा उनले दुःख पोखे ।

ठूलो संख्यामा कुखुरा मरेपछि कृषकहरु चिन्तित बनेका छन् । हप्ता दिनमा हजार बढी कुखुरा मरेको किसानहरुले बताएका छन्।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech