११ प्रहरी गायब भएपछि…

असल शासन प्रतिनिधि

काठमाडौं/एक महिनाको अवधिमा नेपाल प्रहरीका विभिन्न तहका ११ जना बेपत्ता भएका छन् । नियतवश कार्यरत कार्यालयले दिएको जिम्मेवारी छाडेर सम्पर्कविहीन बनेका हुन् ।

यसरी बिना जानकारी अनुपस्थित हुने प्रहरीहरूमा प्रहरी हवल्दार शेरबहादुर भण्डारी, खेम कटुवाल र कुलबहादुर कुँवर छन् । बिना जानकारी कार्यालयमा अनुपस्थित हुनेमा अधिकांश प्रहरी जवान छन् । बिना जानकारी अनुपस्थित हुने प्रहरी जवानहरूमा प्रकाश केसी, विकल थापा, रनवीर बगाले मगर, अर्जुन राजी, रामकृष्ण रोकाया, सुरेशसिंह धामी, डिलकुमार बराम र नवराज मोक्तान छन् ।

१ महिनाको बीचमा कार्यरत कार्यालयमा ११ प्रहरी अनुपस्थित भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजी थालेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर उनीहरूलाई उपस्थितिका लागि पत्राचार तथा खोजतलास गर्दा नभेटिएको प्रहरीको भनाइ छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ ९२० बमोजिम सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रधान कार्यालयले हाजिर हुन आउनेबारेको सातदिने सूचना जारी गरेको छ ।

सम्पर्कमा नरहेका त्यस्ता प्रहरीले सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र जवाफ पेस गर्न सक्नेछन् । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । प्रहरी नियमावली, २०७१ को नियम ११३ ९१० को खण्ड (च) मा बिना जानकारी कार्यालयमा अनुपस्थिति प्रहरीलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाउन सकिने प्रावधान छ ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech