इटलीका राजदूतसहित तीनको हत्या

असल शासन प्रतिनिधि

एजेन्सी/ कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओसहित तीन जनाको हत्या भएको छ । इटलीयन सञ्चारमाध्यमका अनुसार कंगोको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएको थियो । सोही समयमा राजदूतमाथि समेत आक्रमण भयो ।

आक्रमण राजदूत, उनका अङ्ग रक्षक र चालक मारिएको पुष्टि भएको छ । अन्य केही मानिसको समेत मृत्यु भए पनि पुष्टी हुन बाँकि रहेको छ । घटनामा कैयौं मानिस घाइते रहेको बताइएको छ । कंगोमा आफ्ना कुटनीतिज्ञ मारिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको इटलीयन अधिकारीहरुले जनाएको सञ्चारमाध्मले उल्लेख गरेका छन् ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech