राष्ट्रिय स्वयम्‌सेवा नीतिबारे नेपालगन्जमा संवाद

असल शासन प्रतिनिधि

नेपालगन्ज/सरकारले बनाउन लागेको राष्ट्रिय स्वयम्‌सेवा नीति २०७७ को मस्यौदा माथि नेपालगन्जमा छलफल गरिएको छ । युथ एडभोकेसी नेपाल र बासको आयोजनामा सम्पन्न राष्ट्रिय स्वयम्‌सेवा नीति २०७७ को मस्यौदा विषयक बुहपक्षीय संवाद कार्यक्रममा मंगलबार सो छलफल सम्पन्न भएको हो ।

सम्वाद कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तबले सामाजिक विकासका लागि स्वयम्‌सेवाको महत्व धेरै भएको बताए । उनले लामो समय पछि जनताले जनप्रतिनिधि पाएता पनि जनताको अपेक्षा बमोजिम काम हुन नसकेको बताए । उनले सरकारले बनाउन लागेको स्वयम्‌सेवा नीति देशैभरका युवाहरुको सुझावका आधारमा बनाउनु पर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्जका गुमान सिंह न्यौपानेले नेपालमा विगत लामो समयदेखि स्वयम्‌सेवासँग सम्बन्धी कार्यहरु हुँदै आएको भए पनि नीतिगत रुपमा नीति नबनेको अवस्थामा आउन लागेको नीति महत्वपूर्ण हुने बताए ।

युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले राष्ट्रिय स्वयम्‌सेवा नीति २०७७ को मस्यौदा बारे प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा समूहगत छलफल भएको थियो । तीन समूहमा विभाजन गरिएको संवादमा मुना बिष्ट, तपेन्द्र मलाती, सुशीला थारु, बलराम सोनखरले प्रस्तुतीकरण गरेका थिए ।

बासका निवर्तमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ७० बढीको सहभागिता रहेको थियो ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech