डढेलोमा जलेकी महिलाको मृत्यु

असल शासन प्रतिनिधि

बाजुरा/ जंगलमा लागेको डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका–३ रजालीकी ४० वर्षीया फुगी खड्काको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

गत शुक्रबार जिल्लाको पिप्से गाउँ नजिकै रहेको जंगलमा लागेको डढेलोमा परी घाइते भएकी थिइन् ।

  • १२ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech