कसरी बनाउने बायोडाटा ?

असल शासन प्रतिनिधि

बाँके/ नेपालगन्जमा बायोडाटा लेखन सम्बन्धी तीन दिने अभ्यास गराइएको छ । आइतबारदेखि सुरु भएको अभ्यास अभिमुखीकरणमा २४ बढी युवाको सहभागिता रहेको थियो ।

सामाजिक विकास मञ्च बाँकेद्वारा सञ्चालित युवा सशक्तीकरण बुलगारी परियोजना अन्तर्गत तीन दिने बयोडाटा लेखन अभ्यास गराइएको हो । बायोडाटा लेखनको अभिमुखीकरण पत्रकार एवम् लेक्चर मधु पौडेलले गरेका थिए ।

नेपालगन्जस्थित महेन्द्र पुस्तकालयमा स्थापना गरिएको महेन्द्र युवा सूचना केन्द्रमा आउने युवालाई लक्षित गरेर सो अभिमुखीकरणमा सञ्चालन गरिएको मञ्चका शैक्षिक कार्यक्रम अधिकृत बृजेश ठाकुरले बताए ।

अभिमुखीकरणमा सहभागी युवाले बायोडाटा बनाएर युवाको व्यक्तिगत विकास हुनुका साथै रोजगारको लागि समेत सहयोग पुग्ने हुँदा कार्यक्रमको लागि मञ्चलाई धन्यवाद दिए ।

सहभागी करिना थापामगरले बायोडाटा भनेर सुनेको भएता पनि कसरी बनाउने भनेर थाहा नभएको हुँदा आफूले अबका दिनमा बायोडाटा बनाउन सक्ने प्रतिक्रिया दिइन् ।

सामाजिक विकास मञ्च बाँकेले नेपालगन्ज उपमहानगरपालिका २३ औटै वडामा युवालाई व्यवसायिक तालिम दिई स्वरोजगार बनाउने उद्देश्यले ७ वटा विद्यालयमा शिक्षा सम्बन्धी काम गर्दै आइरहेको अधिकृत ठाकुरले जानकारी दिए ।

  • १२ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech