सडक दुर्घटनामा घाइते अधिकारकर्मी आचार्यको स्वास्थ्यमा सुधार

असल शासन प्रतिनिधि

नेपालगन्ज/सडक दुर्घटनामा गम्भीर घाइते हुन पुगेका अपाङ्ग अधिकारकर्मी गोकर्ण आचार्य घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । दुर्घटनामा परी खुट्टामा गम्भीर चोट लागेर शल्यक्रिया गरेका आचार्य घरबाहिर हिँड्डुल गर्न नसक्ने भएपछि घरमै आराम गरिरहेका हुन् ।

वैशाखीको साहारामा यताउती हिँड्डुल गर्ने आचार्य मंसिर ३ गते नेपालगन्जको सुर्खेतरोड, गणेशमान चौक नजिक स्कुटी दुर्घटनामा परी घाइते भएका थिए । घाइते आचार्यको बायाँ खुट्टामा गम्भीर चोट लागेको थियो । उनको खुट्टामा रड, प्लेट राखिएको छ ।

यसैबीच घाइते आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना उनको घरमै पुगेर गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले  गरेका छन् । आचार्य गैसस महासंघको सल्लाहकारसमेत हुन् ।

 

  • १२ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech