२१३ कुखुरासहित ७ तस्कर पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/भारतबाट चोरी निकासी गरेर ल्याइँदै गरेको २१३ कुखुरासहित ७ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमान्डमा गएको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट उक्त कुखुरा ल्याएर आउँदै गरेका ७ जनालाई ७ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।

कुखुरा, मोटरसाइकलसहित सातै जनालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल सिमानाका प्रमुख प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए । विशेष सूचनाका आधारमा रातभरको कडा अपरेशनपश्चात् अवैध सामग्रीसहित तस्कर पक्राउ परेको उनले बताए ।

  • १२ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech