धुलाम्ये भएको भन्दै सडकमा तारजाली

असल शासन प्रतिनिधि

सुर्खेत/ सडक धुलाम्ये भएको भन्दै स्थानीयवासीले सडकमा तारजाली र रुखको जरा राखेर सडक अवरुद्ध बनाएका छन् । जिल्लास्थित वीरेन्द्रनगरको हटिया लाइन क्षेत्र धुलैधुलो भन्दै स्थानीयवासीले सडक अवरुद्ध पारेका हुन् ।

वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने सो क्षेत्रमा बिहीबार बिहानदेखि स्थानीयवासीले सडक अवरुद्ध पारेर आन्दोलन गरेका छन् । यस क्षेत्रको दुईवटा मुख्य सडक र चारवटा सहायक सडकमा डोरी र तारजाली लगाइएको छ ।

सडक निर्माणका क्रममा धुलो उडेर व्यवसाय सञ्चालन गर्न समस्या भएपछि बाध्य भएर बाटो बन्द गरेको स्थानीयवासीले बताएका छन् ।
एक वर्षयता नयाँ सडक बनाउने भन्दै भएको सडक पनि भत्काइएको छ । सो विषयमा जनप्रतिनिधिलाई जानकारी गराउँदासमेत समयमै सडक निर्माण पूरा नगरेपछि बाध्य भएर सडक बन्द गर्नु स्थानीयले बताएका छन् ।

यता वीरेन्द्रनगर वडा नम्बर–६, का वडाध्यक्ष मोतीप्रसाद कँडेलले भने निर्माण व्यवसायीले सडक निर्माणमा ढिलाइ गरेको बताएका छन् ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech