५० हजार घुस लिने इन्स्पेक्टरसहित २ पक्राउ

असल शासन प्रतिनिधि

बुटवल / रुपन्देहीको गैडहवामा ५० हजार घुस सहित दुईजना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सहित दुईजना पक्राउ परेका हुन् ।

कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक (इक्सपेक्टर) राजेश पासीलाई बिहीबार पक्राउ गरेको अख्तियारले जनाएको छ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश भुसालले बताए।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै पौडेल र पासीले घुस लिएका थिए । घुस लिने दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताईएको छ ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech