नेपालगन्जमा पहिलो पटक एचसिआरसी हस्पिटलद्धारा भेन्टिलेटर सुविधायुत्त एम्बुलेन्स सन्चालनमा

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / नेपालगन्जमा पहिलो पटक भेन्टिलेटर सुविधा सहितको एम्बुलेन्स सन्चालनमा आएको छ ।

नेपालगन्जमा एचसिआरसी हस्पिटलले उक्त अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स ल्याएको हस्पिटलका प्रबन्धक रमेश सिटौलाले बताए ।
उनका अनुसार सिकिस्त बिरामीलाई समयमै अस्पताल पुर्याउन यस्ता एम्बुलेन्स अति नै प्रभावकारी हुन्छन् ।

यस्ता एम्बुलेन्सको अभावमा बिरामीको ज्यान समेत जाने भएकाले यो सुविधा ल्याईएको हो ।

यस्तो प्रकारको एम्बुलेन्सको माग बढिरहेका बेला एचसिआरसीले यस्तो प्रकारको एम्बुलेन्स ल्याएको हो ।

यस्तो सुविधायुक्त भेन्टिलेटर पश्चिम नेपालमै दुईवटा मात्र छन् ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech