नेपालगन्ज बघौडा बस भाडा समायोजन

असल शासन प्रतिनिधि

नेपालगन्ज / स्थानीयहरुबाट बस भाडाका बिषयमा व्यापक गुनासो आएपछि नेपालगन्ज सुईया बघौडा बस भाडा समायोजन भएको छ ।
नेपालगन्ज देखि नरनापुरको सुईया बघौडा चल्ने भेरी यातायात समितिको बढी शुल्क लिएको भन्दै स्थानीयले गुनासो गरेपछि सो बिषयमा सहमति गरि नयाँ भाडा निर्धारण गरिएको हो । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग सहित गाँउपालिका र समिति बिचमा भएको बैठकले नेपालगन्ज देखि सुईया सम्मको यातायात भाडा १५० निर्धारण गर्ने निर्णय भएको भेरी यातायात समिति बाँकेका अध्यक्ष डेकनाथ गौतमले बताए । उनका अनुसार वाटोमा स्टेशन अनुसार भाडा दर निर्धारण गरिएको छ । नयाँ भाडा दर निर्धारण गरेसँगै उक्त दर कार्यान्वयनमा आईसकेको उनको भनाई थियो । गाँउपालिकामा आएको गुनासोका बिषयमा बुधबार जिल्ला प्रशासन कार्यालयमा नयाँ भाडा दर निर्धारण गर्ने सहमति भएको नरैनापुर गाँउपालिकाका लेखापाल प्रकाश अधिकारीले असल शासनलाई बताए ।
बस भाडाका बिषयमा व्यापक जन गुनासो आएपछि नरैनापुर गाँउपालिकाले पौष २१ गते जिल्ला प्रशासन कार्यालयलाई गुनासो सम्बोधन गरिदिन पत्राचार समेत गरेको थियो । भेरी यातायात ब्यवसायि समितिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ सल्यानी बागबाट नरैनापुरका लागि बस सेवा सञ्चालन गर्दै आएको छ ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech