भत्कियो मानपुरको घर

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज गुलरिया सडकखण्ड अन्तर्गत जानकी गाउँपालिकाको मानपुरस्थित दुर्घटनाको कारक मानिएको  घर भत्काइएको छ  । उक्त स्थानमा सडक दुर्घटना धेरै हुन थालेपछि  शुक्रबार घर धनी शान्ति देवी सिंहको घर भत्काइएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङले बताए ।

गत फाल्गुण ७ गते प्रमुख जिल्ला अधिकारी कुरुबाङको अध्यक्षतामा घर धनीसहित बसेको सरोकारवाला निकायको बैठकले संरचना हटाई प्रचलित कानुन बमोजिम घरको क्षतिपूर्ति र जग्गाको हकमा कानुन अनुसार मुआव्जा प्रदान गर्ने निर्णय गरेको थियो ।

सो निर्णयमा घरधनीले सहमति जनाएपछि सडक बिस्तार प्रक्रिया अगाडि बढाइएको हो ।

 

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech