वडा नम्बर १४ आफ्नै भवनमा

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालयको शुक्रबार उद्घाट्न गरिएको छ । एक कार्यक्रमका बीच नव निर्मित भवनको नेपालगन्ज उपमहानगरपालिका मेयर डाक्टर धवल शमशेर राणाले उदघाट्न गरेका छन् । उदघाटन गर्दे उनले भवन निर्माणमा वडाले देखाएको सक्रियताको प्रशंसा गरे ।

२२ लाख रुपैयाँ बजेटमा डेढ वर्ष लगाएर कार्यालयको निर्माण कार्य सम्पन्न गरेको १४ नम्बर वडाका वडाअध्यक्ष ओमकार नाथ मिश्राले बताए । उनले आधुनिक प्रविधि प्रयोग गरेर कार्यालय स्थापना तथा व्यवस्थापनको काम गरेको बताए । कार्यालय नेपालगन्ज उपमहानगरपालिकाको भवानियापुरमा रहेको छ ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech