हात्तीको दाँतसहित १ जना नियन्त्रणमा

असल शासन प्रतिनिधि

बाँके / बाँकेमा हात्तिको दाँत सहित एक जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको वैजनाथ गाउँपालिका वडा नं.२ तिलकपुर वस्ने पुर्ण बहादुर थारुलाई प्रहरीले वन्यजन्तुको कारोकारवार गरेको भन्दै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले मन्दिर परिसर संग रहेको १ कोठाको ट्वाईलेटको पुर्व तर्फ सेफ्टी ट्यांकी छेउमा बोरा भित्र रहेको अवस्थामा हात्तिको दाँत फेला पारेको हो ।

२९ ईन्च लम्बाई तथा १० किलोग्राम तौल भएको हात्तिको दाँत जस्तो देखिने खैरो रंगको वस्तुबारे थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

 

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech