दलित पत्रकारको वर्तमान अवस्थाबारे विश्लेषण

असल शासन प्रतिनिधि

 

बाँके / बाँकेमा दलित पत्रकारको वर्तमान अवस्था तथा चुनौतीका विषयमा विश्लेषण गरिएको छ । शुक्रबार कोहलपुरमा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तथा दलित पत्रकार संघ बाँकेका अध्यक्ष रुपा गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा दलित पत्रकारहरुले पत्रकारिता गरिरहेको अवधिमा भोगिरहेका समस्याबारे विश्लेषण गरिएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य मधु शाहीले गरेकी थिइन् । भेलालाई सम्बोधन गर्दे पत्रकार महासंघका केन्द्रीय सदस्य शाहीले दलित पत्रकारहरुले समाजमा रहेका विकृतिविरुद्ध आवाज उठाएता पनि पत्रकार आफै पनि समस्यामा पर्ने गरेको अवस्था रहेको बताइन् ।

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा बाँकेको आयोजनामा गरिएको सो कार्यक्रममा दलित सेवा संघका निवर्तमान केन्द्रीय अध्यक्ष गजाधर सुनार, प्रेस संगठन बाँकेका संयोजक हेमन्त बिक, दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण सुनार, कोहलपुर नगरपालिका बिधायक समिति संयोजक भीम नेपाली, आर्थिक शाखा संयोजक डिलबहादुर परियार,नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु, सञ्चारकर्मी पुजन बिश्वकर्मा फेडोका अध्यक्ष निर्मला सुनारलगायतले बोलेका थिए ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech