नेपालगन्जमा युत्सव ट्यालेन्ट फेस्टिभल हुँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज /  नेपालगन्जमा युत्सव ट्यालेन्ट फेस्टिभल गरिने भएको छ । आकर्षक फनपार्क मेरो प्लानेटले रु १ लाख राशीको युत्सव ट्यालेन्ट फेस्टिभल गर्ने भएको हो ।

आगामी चैत्र ३ गते उक्त उत्सवको आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक ओमप्रकाश मिश्राले बताए । केहि समय यता शुक्रवार र शनिवार मनोरन्जनात्मक कार्यक्रम गरिदै आएको मिश्राले बताए ।

अब गरीने युत्सवमा सहभागि हुन फाल्नुगन अन्तिमसम्म शुक्रवार अथवा शनिवार मेरो प्लानेटमा पुगेर कलाकारहरुले आफ्नो प्रस्तुती दिन सक्नेछन ।

प्रतियोगिताको प्रथमलाई रु १ लाख, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ५० हजार र ३० हजार रहेको छ । प्रतियोगतामा जुन सुकै स्थानबाट भाग लिन सकिने आयोजकले जनाएको छ ।

गायनकला, हास्य ब्याङ्यका साथै अन्य कुनै पनि प्रकारका कला होस, मेरो प्लानेटले हरेक कलाकार लाई मञ्च उपलब्ध गराउदै आएको मेरो प्लानेटका म्यानेजर पदम सुवेदीले बताए । ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech