यौन दुर्व्यवहार मुद्दाका फरार अभियुक्त पक्राउ

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १५ का २७ बर्षे गजेन्द्र वि.क लाई प्रहरीले पक्राउ गरेको छ ।

यौन दुर्व्यवहारका फरार अभियुत्त विकलाई जिल्ला अदालत बाँकेले २०७६ भदौ महिनामा ३ महिना ११ दिन कैद सजाय सुनाएको थियो ।

हाल सम्म फरार रहेका अभियुक्तलाई बाँके प्रहरी कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलिले पक्राउ गर्न सफल भएको हो ।

हाल सम्म ५३७ जना फरार अभियुक्त पक्राउ परेका छन । यो अभियान निरन्तर चलिरहने बाँके प्रहरीले जनाएको छ ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech