स्वतन्त्र पत्रकार संघ रुपन्देहीको नयाँ नेतृत्व चयन ,अध्यक्षमा चक्रपाणी डुम्रे

असल शासन प्रतिनिधि

 

बुटवल / स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । चक्रपाणी डुम्रेको अध्यक्षतामा नवनिर्वाचित १५ सदस्यीय समिति चयन भएको हो ।

जसको उपाध्यक्षमा मोहन केसी, महिला उपाध्यक्षमा मनिसा अधिकारी, सचिवमा विनोद विष्ट,सहसचिवमा जीवन परियार, कोषाध्यक्षमा सरु वाग्ले, सहकोषाध्यक्षमा इज्जत कंडेल र अन्य सदस्यहरु गरि १५ सदस्यीय कार्यसमिति गठन भएको छ ।

साथै रुपन्देहीका १२ सदस्यलाई प्रदेश तथा केन्द्रीय पार्षदमा चयन गरिएको छ । उद्घाटन सत्रमा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केबि मसालले पत्रकारिता गर्दा स्वतन्त्र भएर गर्नु पर्ने कुरामा जोड दिए छ ।

कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले स्वतन्त्र पत्रकार संघ निकै दुखका साथ स्थापना गरेको बताए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, निवर्तमान महासचिव नवराज पहाडी, नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईं लगायतले बोलेका थिए ।

 

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech