बाल विवाहको आरोपमा बेहुला र उनका बुवा पक्राउ

असल शासन प्रतिनिधि

वीरगञ्ज  / वीरगञ्जबाट बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन् ।

उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज–१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।

मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ । यो कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुन्छ ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech