स्वस्थानी व्रतकथाको समापन गरिँदै

असल शासन प्रतिनिधि

बाँके /  यो वर्षको श्री स्वस्थानी व्रतकथाको शनिबार अन्तिम दिन बाँकेसहित देशभर व्रतालुहरुले पूजा आराधना गरिरहेका छन् ।

एक महिले व्रतकथाको आज विधिवतरुपमा समापन गर्न श्रदालु भत्तजनहरु नजिकैको मन्दिर तथा घरमा पूजा आराधना गरिरहेका छन् ।
आज पनि कतिपय व्रतालुहरुले नदीमा पूजा आराधना गरेर व्रत समापन गरेका छन् ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech