अपाङ्ग नवजीवन केन्द्र बाँकेमा नयाँ नेतृत्व

असल शासन प्रतिनिधि

नेपालगन्ज / अपाङ्ग नवजिवन केन्द्र बाँके शाखाको १३ औं महाधिवेशनले जंगबहादुर डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । डाँगीले नेतृत्व गरेको कार्यसमितिको उपाध्यक्षमा धनसरा वली , महासचिव टेकराज जैसी सचिव सुस्मा विक, कोषध्यक्ष लक्ष्मी पोखरेल र अन्य सदस्य गरी १२ जनाको नयाँ कार्यसमिति रहेको छ ।

शनिबार कोहलपुरमा सम्पन्न अपाङ्ग नवजीवन केन्द्र बाँके शाखाको २१ औं साधारण सभा र १३ औं महाधिवेशनबाट सो कार्यसमिति चयन गरिएको केन्द्रले जनाएको छ ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech