शनिबार मनाइयो ३९ औं मगर स्थापना दिवस

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / बाँके सहित देशभर शनिवार ३९ औं मगर स्थापना दिवस मनाइएको छ । देश तथा विदेशमा रहेका मगर संघ तथा संघका भातृ संगठनहरुले विविध कार्यक्रम गरी दिवस मनाएका हुन् ।

२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा मगर संघ र यससँग सम्बन्धित संघ संस्थाहरुले स्थापना दिवस मनाउने गर्छन ।

मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार संघ गठन गरिएको मगर समुदायका अगुवाहरुले बताउँदै आएका छन् ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech