अछाममा जिप दुर्घटना

असल शासन प्रतिनिधि

अछाम / अछामको बटाली गाँउ नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार से१ज ८८७ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको हो । साँफेबगर नगरपालिका वडा नम्बर १३ को बाब्ला सडक खण्डमा जिप दुर्घटना भएको हो । घाइतेको अछामस्थित बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech