एशियालाई एघार लाख

असल शासन प्रतिनिधि

बाँके/  सन् नेपाल लाईफ इन्स्याेरेन्स नेपालगन्जले बर्दियाकी एशिया महतोलाई एघार लाख रकम प्रदान गरेको छ ।

बिमित बाबुराम महताेकाे मृत्यु पश्चात मृतककी पत्नीलाई मृत्यु दाबी भुक्तानी बापत सो रकम ईन्स्योरेन्सले प्रदान गरेको हो ।

ईन्स्योरेन्सको नेपालगन्ज स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेका अध्यक्ष नमस्कार शाह, बासका केन्द्रीय अध्यक्ष रमेश सिटाैला र नेपालगन्ज मेडिकल कलेजका प्रशासकिय अधिकृत कुमार अधिकारीले संयुक्त रुपमा साे दाबी भुक्तानी बापतकाे एघार लाख रुपैंयाकाे चेक हस्तान्तरण गरेका हुन् ।

बिमा गरेपछि जाेखिम बहनमा उपलब्ध हुने सुबिधा अनुरुप क्रिया खर्च र अन्य खर्च बापत सो रकम प्रदान गरिएको नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताए । निज बिमित मृतक महताेकाे २०७६ माघ महिनामा दश लाख बिमाङ्क रकम बैदेशिक राेजगार म्यादी जीवन बिमा याेजनाका बिमालेख जारी भएकाे थियाे ।

बिमा गरेको ६ महिना पछि गत श्रावण ५ गते बाबुराम महताेकाे बर्दियाकाे बाँसगढीमा सवारी दुर्घटनाबाट निधन भएकाे थियाे । शाहीका अनुसार, उक्त बिमालेख जारी हुँदा बिमितले बिमा शुल्क बापत नाै हजार पाँच सय पैंसठ्ठी रकम मात्र बुझाएका थिए ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech