अस्पतालको लापरबाहीले सुत्केरीको ज्यान गयो

असल शासन प्रतिनिधि

प्युठान / प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको छ ।

शिशु (छोरा)को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् ।शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो ।

अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध जनाएका छन् ।अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए ।

तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ ।अनिसाको शवलाई प्युठान जिल्ला अस्पतालमै राखिएको छ ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech